Logo
Logo

माधव पक्षमा २० सांसदद्वारा रिटमा हस्ताक्षर


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धन दलहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर गरेको बताइएको छ ।

यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएको थियो ।
सांसद सोमप्रसाद पाण्डेका अनुसार अन्य सांसदहरु पनि आउनेक्रम जारी छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक दावी गरिएको छ । सर्वोच्चमा दायर गर्न तयार पारिएको रिटको मस्यौदामा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्