Logo
Logo

माधव पक्षका २३ सांसद प्रतिनिधिसभा विघटनविरुद्ध


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेको माधव पक्षका एक नेताले बताए । उनका अनुसार सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रिटमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेको बताइएको छ ।
कांग्रस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरेपनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्