Logo
Logo

नेपालबाट बहराइन जान प्रतिवन्ध


दृष्टि संवाददाता


काठमाडौं । बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ ।एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान प्रतिवन्ध लगाइएको हो ।

कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई ‘रेड लिष्ट’ मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ ।तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।

उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो ।

यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्