झुण्डिएको अवस्थामा आमा, छोरा र छोरी मृत भेटिए « Drishti News – Nepalese News Portal
Logo

झुण्डिएको अवस्थामा आमा, छोरा र छोरी मृत भेटिए


दृष्टि संवाददाता


काठमाडौं । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार नजिकैको जंगलमा झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

रातामाटाको जंगलमा उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्