Logo
Logo

एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने


दृष्टि संवाददाता


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको संघको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्