Logo
Logo

सांस्कृतिक पर्वले समाजलाई एकताबद्ध : मुख्यमन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताउनुभएको छ ।

उहाँले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गर्नुभएको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नु भएको छ ।
नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अथार्त फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्