Logo
Logo

सुदूरपश्चिममा एमालेको समर्थन यथावत


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सोमबार बसेको एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउदले जानकारी दिए ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्