Logo
Logo

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी


दृष्टि संवाददाता


काठमाडौं । बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । भेरी अस्पतालले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको हो ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाद्धारा जारी प्रेस विज्ञप्तिमार्फत प्रहरी नियन्त्रणमा रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दिएको जानकारी दिएको छ । अस्पतालले घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ ।

आरोपित मध्ये मानबहादुर रावत लम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलका विशेषपात्र रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्