Logo
Logo

‘यात्रा’ युनिटको एक दिनअघिको होली फोटो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत । फिल्म ‘यात्रा’ले होलीको एक दिन अगाडि नै होली मनायो । यही २९ चैतमा रिलिज हुने फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को युनिटले मंगलबार आफूहरुबीच होली खेलेको थियो भने बुधबार दर्शकसँग होली मनाए ।
चलचित्र युनिटले मंगलबार सार्वजनिक गरेको भिडियोमा चलचित्र युनिट रङहरुसँग रमाइरहेको देखिन्छ । राइजिङ स्टार सलिन मान बनियाँसँगै रङहरुसँग रमाइरहेका डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई पनि भिडियोमा देखिएका छन् । साथमा विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसीलगायतले होली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्