Logo
Logo

‘सरकारले सुकेटार विमानस्थको नाम परिवर्तन गरेर जनतालाई विभाजन गर्न खोज्यो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर जनतालाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेपछि स्थानीयस्तरबाट विरोध हुन थालेको छ । यसबीच नेता भट्टराईले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूहसहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्छ, यसरीमात्र सहभागीतामुलक लोकतन्त्र बलियो हुनसक्छ ।’

असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिने र यस्ता कार्यले बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्ने नेता भट्टराईको भनाई छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्