Logo
Logo

बुढानीलकण्ठमा विपक्षी गठबन्धनको छलफल


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनका नेताको छलफल चलिरहेको छ । आइतबार किबहान पौने १० बजे काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छलफल अहिले पनि जारी छ ।

छलफलमा काँग्रसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् ।

छलफलमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल रहेको काँग्रेस नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जनाएका छन् ।

संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्