Logo
Logo

एमालेले माग्यो ओली पक्षका सांसद बोहरासँग स्पष्टिकरण


दृष्टि संवाददाता


धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेको छ । केपी ओली समूहका सांसद ताथ पूर्वभौतिक पूर्वाधार विकासमन्त्री बोहरा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका हुन् ।

बोहरालाई संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेकोलगायतका विषयमा जवाफ मागिएको छ ।

दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्