Logo
Logo

प्रतिनिधिसभा विघटन मुद्धा : संवैधानिक इजलासमा सुनुवाइ सुरु


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आज पनिसुनुवाइ सुरु भएको छ ।

शुक्रबार बहस स्थगति भएपछि आइतबारका लागि सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ताहरुले आज पनि संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् । शुक्रबार पहिलो दिन सुनुवाइक्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएका थिए ।

न्यायाधीश श्रेष्ठ २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन् । जतिखेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्