Logo
Logo

न्यूजील्यान्डमा व्यक्तिले हतियार राख्न नपाउने


- दृष्टि न्युज/संवाददाता


क्राइस्टचर्च, ७ चैत (एएफपी) । न्यूजील्यान्ड सरकारले कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले बिहीबार आज नयाँ नियम घोषणा गरेको हो ।
प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुनेगरी बन्देज लगाइएको जानकारी दिए ।
क्राइस्टचर्चका दुई वटा मस्जिदमा भएका आक्रमणमा अस्ट्रेलियाका अतिवादी एक गोरा व्यक्तिले न्यूजील्यान्डको कमजोर बन्दुक नियमको फाइदा उठाउँदै आक्रमण गरेका थिए ।
प्रधानमन्त्री आर्डनले भनिन्, ‘संक्षेपमा, शुक्रबारको आतंकवादी आक्रमणमा प्रयोग गरिए जस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइने छ ।’
उनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइने बताइन् । यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सकिन्छ । संयुक्तराज्य अमेरिका र विश्वका अरु विभिन्न मुलुकका बन्दुक नियन्त्रणको पक्षमा वकालत गरिरहेकाहरुले न्यूजील्यान्डको पछिल्लो कदमप्रति खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्