सरकारी वकिलको तर्क, ‘बेन्च गठनबारे प्रश्न उठाउन मिल्दैन’ « Drishti News – Nepalese News Portal
Logo

सरकारी वकिलको तर्क, ‘बेन्च गठनबारे प्रश्न उठाउन मिल्दैन’


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि जारी सुनुवाइमा इजलास गठनलाई लिएर प्रश्न उठेपछि सरकार पक्षका वकिलले प्रतिवाद गरेका छन् । इजलास गठनमा कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने उनीहरुको भनाइ छ ।

संवैधानिक इजलासका सदस्य न्यायाधीश बमकुमार श्रेष्ठको उपस्थितिलाई लिएर संवैधानिक इजलासमा विवाद देखिएको छ । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले आइतबार आह्वान गरेको बहसमा सरकार पक्षका वकिलले बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने बताएका हुन् ।

नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बेन्च गठनबारे कानुनले नै प्रस्ट भएको बताउँदै भने, ‘बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन । न्यायाधीशमाथिको अविश्वास भनेको अदालतमाथिको अविश्वास हो ।’

उनले ऋषि कट्टेलको मुद्दामा निर्वाचन आयोगमा प्रचलित कानुन अनुसार पहिला दर्ता भइसकेको पार्टीको नाममा त्यही नामको अर्को पार्टी दर्ता हुन पाउने कि नपाउने भन्ने विषय मुख्य रुपमा उठेको बताउँदै भने, ‘त्यो मुद्दा र यो मुद्दामा कुनै साइनो छैन ।’

प्रतिक्रिया दिनुहोस्