Logo
Logo

प्रतिनिधिसभा विघटन विरुद्धको रिट ‘हेर्दाहेर्दैमा’


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।

सुनुवाइका क्रममा संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले समय निर्धारण गरिदिएका थिए । त्यसपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए । संवैधानिक इजलासमा शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्