Logo
Logo

एसईई वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले एसईई वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका हुन् ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।

अध्यक्ष पौडेलले एसईई सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा निर्णय गरी सरकारलाई अनुमति माग गरेको बताए ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई दिने तयारीमा छन् । भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्