Logo
Logo

योगेश भट्टराईको नजरमा जनमुखी बजेट


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले शनिबार अर्थमन्त्री विष्णु पौडेलद्धारा सार्वजनिक बजेट जनमुखी रहेको प्रतिकृया दिएका छन् ।

फेसबुकमार्फत नेता भट्टराईले हरेक बजेट जस्तै यो बजेट कार्यान्वयन चुनौती रहेता पनि जनमुखी रहेको प्रतिकृया दिएका हुन् । उनले भनको छन्– ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८–७९ को बजेट मुलतः जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन ।’

पछिल्लो समय कहिले माधव समूह त कहिले ओली समूहको पक्षमा बोल्दै आएको नेता भट्टराईले ओली समूहका नेता तथा अर्थमन्त्री पौडेलले ल्याएको बजेटलाई सकारात्मक प्रतिकृया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्