Logo
Logo

राष्ट्रिय फुटबल टिम कुवेत प्रस्थान


दृष्टि संवाददाता


काठमाडाैं । इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम कुवेत प्रस्थान गरेकाे छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत गएका हुन् ।

नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले टिम स्थलमार्ग हुँदै कुवेत गएकाे बताएका हुन् । विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

उक्त खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।

नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्