Logo
Logo

कोरोना महामारीमा मजदुरले कतारबाट पठाए पैसा


दिपक भट्टराई


कतार। नेपाली जनाप्रगतिशिल मंच कतारले कोरोना महामारी विरुद्ध हातेमालो अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । संगठनले अन्तर्राष्ट्रिय समन्वय बिभाग माओवादी केन्द्रको खाता मार्फत आइतबार कार्यलयको बैंक खातामा जम्मा गरि रकम सार्वजनिक गरेको हो ।

नेपालमा कोरोना महामारीमा उपचारमा कठिन जीवन बिताइरहेका स्वदेशीलाई संगठनले सञ्चालन गरेको अभियानमा नेपाली एक लाख संकलन भएको छ ।

अभियानबाट सङ्कलन भएको रकम अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रको समन्वयमा केन्द्रिय कार्यलय काठमाडौ मार्फत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिने संठनका अध्यक्ष रकमध्वज राईले जानकारी दिए ।

संगठनले कतारमा आर्थिक संकलन संयोजक अमित गौतम सदस्य बुद्धि प्रसाद भण्डारी ,अब्दुल खालिद, दिपक भट्टराई , तिलक राम भुसालको सक्रियतामा आफ्ना पदाधिकारी, सदस्यहरू मार्फत सहयोग संकलन गरेको थियो ।

अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रले स्वदेशमा परेको स्वास्थ्य कठिनाई लाई मध्य नजर गर्दै एक करोड जम्मा गर्ने निर्णय सहित प्रबासमा रहेका नेपाली जनप्रगतिशिल मंचहरुलाई परिपत्र गरेको मंचका गल्फ संयोजक शनिकुमार ओलिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्