Logo
Logo

बोर्ड अध्यक्षमा भट्टराई नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बरिष्ठ कलाकार तथा फिल्मकर्मी केशव भट्टराई नियुक्त भएका छन् । निवर्तमान बोर्ड अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त पदपूर्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन मांग गरेको थियो ।
गएको सोमबार नै भट्टराईलाई बोर्डमा पठाउने सहमति भएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट अध्यक्षमा नियुक्त गरिएको हो । अध्यक्षमा भट्टराई नियुक्ति भएसँगै उनलाई फिल्मकर्मी बधाई दिइरहेका छन् । उनीहरुले लामो समयपछि बोर्डले कुसल अध्यक्ष पाएको समेत टिप्पणी गरेका छन् ।
यता नवनियुक्त अध्यक्ष भट्टराईले आफुले पाएको जिम्मेवारीलाई कुसलतापुर्वक बहन गर्ने बताएका छन् । ‘सम्पूर्ण फिल्मकर्मीको साथले गर्दा बोर्ड अध्यक्षमा नियुक्त भएँ’, उनले भने ‘फिल्मकर्मीको साझा समस्यालाई पहिले हलगर्नेछु ।’
उनले शुक्रबार बोर्डमा अध्यक्षको कार्यभार ग्रहण गर्नेछन् । जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत रहेका भट्टराईले फिल्म सम्बन्धित विभिन्न संघ संस्थाको जिम्मेवारी तहमा बसेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्