राष्ट्रियसभा उपनिर्वाचन : भर्चुअल माध्यमबाट परिणाम आजै आउने « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रियसभा उपनिर्वाचन : भर्चुअल माध्यमबाट परिणाम आजै आउने


दृष्टि संवाददाता


रूपन्देही । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।
सोमबार १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरिसकेका छन् ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् । प्रदेशसभा सदस्य ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्