Logo
Logo

काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन स्थगित


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता स्थगित भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले सोमबार कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको हो ।

आयोजक एकेडेमीले परिस्थिति सहज भएपछि प्रतियोगिता आयोजना गरिने समेत जनाएको छ । प्रतियोगिता जेठ २० देखि २२ सम्म त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने तालिका थियो ।

आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्