Logo
Logo

कुवेत पुगेका राष्ट्रिय फुटबल टीमको कोरोना रिपोर्ट नेगेटिभ, अभ्यास सुरु


दृष्टि संवाददाता


काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले खेल्ने दोस्रो चरणका तीन खेलको समय राति पौने १० बजेबाट सुरु हुने भएको छ ।
नेपालले जुन तीन अर्थात जेठ २० गते पहिलो खेल चाइनीज ताईपेईविरुद्ध खेल्नेछ ।

त्यसपछि जुन सात अर्थात जेठ २४ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ । सबै खेल राति पौने १० बजेबाट सुरु हुनेछ ।

नेपालले विश्वकप छनौटमा यसअघि खेलका पाँच खेलमा चार हार र एक जित निकालेको छ । जसमा चाइनीज ताइपेइसँग उसकै मैदानमा दुई शुन्यको जित निकालेको थियो ।

कुवेती भूमीमा पनि नेपालको चाहना चाइनीज ताइपेइलाई हराएर अरु टिमसँग अंक खोस्ने छ । युवा खेलाडीको टिमका प्रशिक्षक अब्दुल्लाहल अल्मुताइरीले पनि यो प्रतियोगिता युवा खेलाडीका लागि राम्रो एक्सपोजरका रुपमा लिएका छन् ।

कुवेत पुगे लगत्तै राष्ट्रिय टोली अभ्यासमा जुटेका छन् । नेपाली टिम कुवेत पुगेको पहिलो दिन विहानको सेसनमा जिममा विताएको छ । कुवेत पुगेका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

जिम सेसनको तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्