Logo
Logo

एमाले स्थायी कमिटी बैठक जारी, १२ सांसदलाई कारवाही गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । समसामयिक राजनीतिक र पार्टीको अन्तरिक समस्या समाधानबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप सांसदलाई कारवाही गर्नेबारे छलफल चलिरहेको एक नेता बताएका छन् ।

अघिल्लो स्थायी कमिटी बैठकले १२ जना सांसदसँग स्पष्टीकरण मागेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नदिएकाले आजको बैठकले उनीहरुमाथि थप कारवाही गर्ने तयारी गरेको हाे ।

यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप १२ जनालाई पनि निस्कासन गर्ने सम्भावना रहेको छ ।

अघिल्लो बैठकले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? भन्दै स्पष्टीकरण सोधेको थियो ।

दुई पक्षबीच छलफल
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो । पार्टी एकता जोगाउनुपर्ने भन्दै उनीहरु छलफलमा जुटेका हुन् । तर, अहिलेकै अवस्थमा पार्टीलाई कसरी एकतावद्ध गरेर लैजाने भन्नेमा दोस्रो तहका नेताहरुबीच ठोस सहमति हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्