Logo
Logo

दुई न्यायाधीश बाहिरिए, संवैधानिक इजलास स्थगित


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिएका छन् ।

न्यायाधीश द्धय दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले इजलासबाट अलग भएको घोषणा गरेका छन् । कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भन्दै मंगलबारको संवैधानिक इजलासमार्फत अलग भएको घोषणा गरेका हुन् ।

दुई न्यायाधीशले अलग हुने घोषणा गरेतापनि प्रश्न गठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने संवैधानिक इजलासबाट अलग हुन अस्वीकार गरेका छन् ।

दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका छन् । आदेश सुनाउँदै राणाले भने– ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनाएर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।’

प्रतिक्रिया दिनुहोस्