Logo
Logo

‘एमाले एकताका लागि छुट्टै संयन्त्रबाट पहल’


दृष्टि संवाददाता


काठमाडौं । पार्टीका एकताका लागि छुट्टै संयन्त्रबाट पहल भइरहेको नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्त ज्ञवालीले छुट्टै संयन्त्रबाट छलफल भइरहेको बताएका हुन ।

पार्टीका एकता कायम गर्न गठित कार्यादलका कतिपय सदस्य कारवाहीमा परेकाले छुट्टै संयन्त्रबाट एकताको पहल गर्नु गरेको उनको भनाइ थियो । आजको बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको समेत प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्