Logo
Logo

दरबार हत्याकाण्डको २० वर्षः रहस्यको गर्भमै रहेको त्यो नरसंहार


दृष्टि संवाददाता


काठमाडौं । आज जेठ १९ अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । आजकै दिन २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनेगरी भएको हत्याकाण्डको १९ वर्ष पूरा भएको छ ।

सक्रिय शासनको राजपरिवार नै सखाप पार्नेगरी दरबार हत्याकाण्ड भएको २० वर्ष पुग्दासमेत कसले कुन उद्देश्यले हत्याकाण्ड रच्यो भन्ने रहस्यमै छ । अर्थात, घटनाको सत्यतथ्य अझै पनि सार्वजनिक हुन सकेको छैन ।

उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र राजपरिवारका अन्य सदस्यहरूको गोली प्रहार गरी हत्या गरिएको थियो ।

सत्यतथ्य पत्ता लगाउन तत्कालिन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली हानी हत्या गरेर आफैँलाई गोली हानेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, त्यो प्रतिवेशनको निष्कर्षप्रति त्यो समय र अहिले पनि आम नागरिकले विश्वास गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्