Logo
Logo

चीनको दोस्रो खोप सिनोभ्याकले प्रयोग अनुमति पायो


दृष्टि संवाददाता


काठमाडौं । चीनले तयार पारेको कोरोनाविरुद्धको अर्को खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि चीनको सिनोफार्म खोपले डब्ल्यूएचओमार्फत आपतकालीन प्रयोग अनुमति पाइसकेको छ ।

सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि अरु खोप जस्तै दुई डोज लगाउनु पर्ने बताइएको छ ।

सिनोभ्याक खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दावी गरिएको छ । डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्