Logo
Logo

काठमाडौं उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हालका प्रावधानलाई केही खुकुलो पार्दै जेठ महिनाभर रहने भएको छ ।

मंगलबार सम्पन्न उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सीडीओकाे संयुक्त बैठकमा केही खुकुलो गरेर जेठ महिनाभर निषेधाज्ञा कायम राख्ने सहमति भएको हाे । निषेधाज्ञाबारे तीनै जिल्लाको एउटै धारणा रहेता पनि निर्णय भने आज बस्ने संयुक्त बैठकले गर्ने बताइएको छ ।

पछिल्लो योजनाअनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म खोल्न दिइनेछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्