Logo
Logo
जसपा विवाद

दुवै अध्यक्षको कारवाही पत्र आयोगद्धारा अस्वीकृत


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष द्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको कारवाही निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
अध्यक्ष ठाकुर र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीमा आधिकारिकता पुष्टि हुने कागजात नपुगेको भन्दै आयोगले दुबैको पत्र अस्वीकार गरेको हो । आयोगले दुबै अध्यक्षलाई कारवाहीका लागि पुष्टि हुने पत्र बुझाउन पत्र पठाएको छ ।

ठाकुर र यादवले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा विश्वासको मत दिने र नदिने पक्षमा विभाजित जसप एकले अर्कालाई कारवाही गर्ने अवस्थामा पुगेको छ । जसपाकै नेताहरु अब पार्टी एक रहने अवस्था समाप्त भएको बताउन थालेका छन् । ठाकुर समूह छिट्टै सरकारमा सहभागी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्