Logo
Logo
जसपा विवाद

उपेन्द्र यादवलाई कारवाही दावी अपुग, ठाकुरसँग पदाधिकारीको निर्णय माग


दृष्टि संवाददाता


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्नेबारे केन्द्रीय समितिका पदाधिकारीको निर्णय र हस्ताक्षर मागेको छ ।

मंगलबार अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी पत्र निर्वाचन आयोगलाई बुझाएका थिए । अध्यक्ष ठाकुरले बुझाएको पत्रमा केन्द्रीय पदाधिकारीको निर्णय र हस्ताक्षर नबुझाएकाले पुनः बुझाउन आयोगले माग गरेको हो ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेका थिए । उत्त पत्र निर्वाचन आयोग पुगिसकेको छ ।

दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए । आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा विश्वासको मत दिने र नदिने पक्षमा विभाजित जसप एकले अर्कालाई कारवाही गर्ने अवस्थामा पुगेको छ । जसपाकै नेताहरु अब पार्टी एक रहने अवस्था समाप्त भएको बताउन थालेका छन् । ठाकुर समूह छिट्टै सरकारमा सहभागी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्