Logo

‘नेपाल आइडल’लाई टोपी ओढाउँदै करवीर राउटेले भने, ‘सबैलाई धन्यवाद’


Published On : 24 March, 2019

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार यहाँको एमएनआर ह्याप्पी क्लबले आयोजना गरेको लाइभ कन्सर्टमा प्रमुख अतिथिका रुपमा सहभागी लोपोन्मुख राउटे समुदायका करवीर राउटे ।

भीमदत्तनगर, १० चैत । गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार सांगीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर पुगे ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जंगलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक सांगीतिक कार्यक्रममा सहभागी भएका हुन् ।
यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र ¥यापर भि–टेनलाई निम्त्याएर आयोजना गरेको प्रत्यक्ष सांगीतिक कार्यक्रम (लाइभ कन्सर्ट)मा राउटे पहिलोपटक प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पुगेका करवीरले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेपछि प्रस्तुतिका लागि सहभागी नेपाल आइडल रवि ओड र गायक बादल थापालाई ढाका टोली पहि¥याएर सम्मान गरे ।
‘जंगलको बास र तरुल÷कन्दमूलको भरमा बाँच्ने राउटे समुदायलाई समाजसित घुलमिल गराउन यहाँ डाकेका हौँ’, एमएनआर ह्याप्पी क्लबका अध्यक्ष करनसिंह पालले भने, ‘केही नयाँपनको शुरुआत गर्ने उद्देश्यले पनि लोपोन्मुख जातिको जम्मान गरेका हौँ ।’
पहुँचकै लागि सभासम्मेलनमा शीर्षनेता र उच्चपदस्थलाई बोलाउनुभन्दा पिछडिएका वर्ग र समुदायलाई अगाडि ल्याउन पनि पहल गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा करवीरले पहिलोपटक सांगीतिक कार्यक्रमा सहभागी हुन पाउँदा खुशी भएको अनुभूति सुनाए । ‘यस्तो कार्यक्रममा अहिलेसम्म आएको थिइनँ’, उनले भने, ‘मनोरञ्जनात्मक कार्यक्रममा आतिथ्यताका लागि सबैलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्