Logo
Logo

मेलम्चीको पानी एक महिनालाई बन्द


दृष्टि संवाददाता


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी एक महिना नआउने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

अहिले परीक्षणका क्रममा रहेको भन्दै अब करिब एक महिना पानी नआउने आयोजनाले जनाएको छ । ‘तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भने, ‘अब असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिनेछ ।’

उनकाअनुसार अब ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन् । पानी खाली गराउन १५ दिन लाग्नेछ । उक्त अवधिमा अवधिमा पानी पठाउने अवस्था नरहेकाले बन्द रहने उनको भनाइ छ ।

ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले मर्मत गर्नुपर्ने प्रावधान छ । त्यही कार्यविधिअनुसा परीक्षण गर्न लागेको आयोजनाले जनाएको छ ।

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । यो अवस्थामा समेत काठमाडौं उपत्यकामा पानीको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्