Logo
Logo

दुई मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुँदै


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।

कर्णाली प्रदेशसभाको तेस्रो ठूलो दल नेपाली कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो । जानकारीअनुसार नेपाली कांग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालय पाउने भएको छ ।

सामाजिक मन्त्रालयमा सुर्खेतका प्रदेश सभा सदस्य यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने कांग्रेसले तयारी गरेको छ । कांग्रेस सरकारमा सहभागी हुने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने समेत तयारी गरिएको छ ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा कांग्रेसले मत दिएर माओवादी नेतृत्वको सरकार जोगाउन सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्