Logo
Logo

ओलीका गतिविधि खारेज नभए पार्टी विसर्जन हुने १७ जनसंगठनको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका १७ वटा जनसंगठनले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।

एमालेको माधवकुमार नेपाल समूहले गठन गरेको १७ वटा जनसंगठनका समानान्तर कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा नफर्काए पार्टी विसर्जन हुने भन्दै नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

समानान्तर कमिटीमार्फत गतिविधि गर्दै आएको माधव समूहको जनसंगठनहरुको बुधबार संयुक्त बैठक बसेको थियो । बैठकपछि जारी विज्ञप्तिमा उनीहरुले अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै अध्यक्षका सबै गतिविधि खारेजयोग्य रहेको दावी गरेका छन् ।

ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

जनसंगठन र प्रतिनिधिहरू
१. अखिल नेपाल किसान महासंघ – बलराम बाँस्कोटा
२. अखिल नेपाल महिला संघ – जयन्ती राई
३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – सुदेश पराजुली
४. नेपाल उत्पीडित जातीय मुक्ति समाज – गणेश बि.क
५. युवा संघ, नेपाल – नरेशकुमार शाही
६. नेपाल खेलकुद महासंघ – पुरुषोत्तम पौडेल
७. नेपाल मुस्लिम इत्तेहाद संगठन – ताज मोहम्मद मिया
८. नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) – बिष्णु लम्साल, दिपक पौडेल
९. नेपाल भूमिहीन सुकुम्वासी संगठन – रामपृत पासवान
१०. नेपाल राष्ट्रिय उद्योग व्यावसाय महासंघ – लक्ष्मीदास मानन्धर
११. नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ – परशुमेघी गुरुङ
१२. पेसागत महासंघ, नेपाल – विश्वनाथ प्याकुरेल
१३. नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन – मिठाराम के.सी
१४. प्रेस चौतारी नेपाल – विश्वमणी सुवेदी
१५. राष्ट्रिय जनसांस्कृतिक महासंघ – कृपाराम धमला
१६. मानव अधिकार एलायन्स – उषा पोखरेल
१७. लोकतान्त्रिक मधेसी संगठन – रामचन्द्र शाह

विज्ञप्ति पढौं–

प्रतिक्रिया दिनुहोस्