Logo
Logo

कोरोनाबाट न्यायाधीश पौडेलको निधन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको हो ।

उनको पारिवारिक स्रोतका अनुसार पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्