Logo
Logo

एमालेले सोध्यो शाहलाई ४८ घण्टे स्पष्टिकरण


दृष्टि संवाददाता


धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका छन् ।

पार्टी स्थायी कमिटीको निर्णयविपरीत माओवादी केन्द्रको नेतृत्व सरकारलाई दिएको समर्थन कायमै राखेको भन्दै ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर, माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्