Logo
Logo

ईश्वर पोखरेल सरकारबाट बाहिरिने


दृष्टि संवाददाता


काठमाडौं । लामो समय बिना विभागीय मन्त्रीको रुपमा काम गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल सरकारबाट बाहिरिने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने क्रममा नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेल सरकारबाट बाहिरिने भएका हुन् । अन्य मन्त्रीको नाम दोहोरिए पनि पोखरेललाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले नदोहोर्याउने निर्णय गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निकट पात्र भनिएता पनि पछिल्लो समय पोखरेलले ओलीबाट अपेक्षाकृत फेवर पाउन सकेका छैनन् । पोखरेल सुरुमा रक्षामन्त्री भएका थिए । तर, रक्षा मन्त्रालय ओली आफैले कब्जा गरेपछि पोखरेल प्रधानमन्त्री कार्यालय सम्हालेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्