Logo
Logo

ओलीले दुई शक्तिशाली मन्त्रालय आफैसँग राखे


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषद विस्तारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई शक्तिशाली मन्त्रालय आफैसँग राखेका छन् । प्रधामन्त्री ओलीले गृह मन्त्रालय र रक्षा मन्त्रालय आफैसँग राखेका हुन् ।

सांसद नरहेका मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेसँगै ओलीले गृह मन्त्रालय आफैसँग राखेका थिए । त्यो भन्दा अगाडि नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । त्यसैगरी ओलीले करिव एक वर्षदेखि रक्षा मन्त्रालय आफैसँग राखेका छन् । पार्टीका महासचिव ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयल ओलीले खोसेका थिए ।

मन्त्रालय खोसिएपछि बिना विभागिय मन्त्रीको रुपमा प्रधानमन्त्री कार्यालय हेर्दै आएका पोखरेल भने आजको मन्त्रिपरिषद विस्तारसँगै बाहिरिने भएका छन् । ओली आफैले गृह मन्त्रालय राखेपनि उक्त मन्त्रालय पूर्व माओवादीका लागि राखेको बझिएको छ ।

त्यसो त प्रधामन्त्री ओलीले अन्य मन्त्रालय पनि आफैसँग राखेका छन् । ओलीले उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, संसकृति, पर्यटन तथा नागरिक उडड्यन, संघीय मामिला तथा सामान्य प्रशासन र संचार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग राखेका छन् । प्रधामन्त्री ओलीले यी मन्त्रालयहरु पूर्वमाओवादीका लागि राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्