Logo
Logo

‘तमसोमा ज्योतिर्गमय’ले राख्यो विश्व कीर्तिमान


दृष्टि संवाददाता


काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्र ५५५० मिटरमा एपीवान टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’को छायाँकन गरिएको छ ।

उक्त विश्व कीर्तिमानको औपचारिक प्रयासलाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ लण्डनको विश्व कीर्तिमानका रुपमा मान्यता दिँदै शुक्रबार प्रोभिजनल प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

गीत गाएर विश्व कीर्तिमानी कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतिथ्यमा एवं ‘वल्र्ड बुक अफ रेकर्डस् नेपाल’का अध्यक्ष सागर कटवाल, हिपहप गायक निर्णय श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार एवं कीर्तिमानी गीतकार हरि गोपाल प्रधानको उपस्थितिमा एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा एपीवान टेलिभिजनका व्यवस्थापन प्रमुख सुरेश पौडेल, तमसोमा ज्योतिर्गमयका प्रस्तोता टिकाराम यात्री, कार्यक्रम निर्माता फुर्वा शेर्पालगायतको उपस्थिति थियो । ‘तमसोमा ज्योतिर्गमय’को उक्त सफलतामा राज्यमन्त्री मानमन्धरले शुभकामना तथा बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्