Logo
Logo

कोरोनाबाट बुटवलमा थप दुई जनाको मृत्यु


दृष्टि संवाददाता


रुपन्देही । बुटवलस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।

कोरोना पुष्टि भएपछि जेठ १५ गते अस्पताल भर्ना भएका गल्याङ ११ स्याङ्जाका पुरुषको मृत्यु भएको छ । उनको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै शनिबार विहान बर्दघाट नगरपालिका–४ बस्ने ४३ बर्षीय महिलाको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनलाई ११ जेठमा कोरोना पुष्टि भएपछि लुम्बिनी प्रदेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् ।
दुई जना बिरामी कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्