Logo
Logo

‘ओलीको व्यवहारले दक्षिणपन्थी शक्तिहरू उत्साहित छन्’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरेर मन्त्रिपरिषद पुर्नगठन गरेको आरोप लगाएका छन् ।

शुक्रबार जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर नयाँ मन्त्रिपरिषद गठन गरेको प्रति टिप्पणी गर्दै नेता नेपालले भने, ‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ ।’

शनिबार आफू पक्षका जिल्ला पदाधिकारीसँग भर्चुअल छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए । उनले भने, ‘हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठनले प्रष्ट पार्दै लोकतन्त्र, संविधान र वामपन्थमाथि नै संकट थोपर्नुभएको छ ।’

उनले भारतको नांगो दलालका रूपमा देखापरेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेको बताउँदै भने, ‘राजेन्द्र महतोको अभिव्यक्ति सुन्नुभयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो ।’

प्रतिक्रिया दिनुहोस्