Logo
Logo

ललिता निवासको जग्गा धनीलाई २१ दिने सूचना


दृष्टि संवाददाता


काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने सूचना जारी गरेको छ ।

आइतवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै उनीहरुलाई तीन साताभित्र मालपोत कार्यालयको सम्पर्क राख्न भनिएको छ । यदि कारणसहित उपस्थित नभएमा सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जाने चेतावनी दिइएको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्