Logo
Logo

सहमति हुन नसकेपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकअनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्षलगायतका पार्टीसँग सहमति हुन नसकेपछि आइतबारको बैठक स्थगित भएको हो ।

प्रदेशसभा सचिब हरिराज पोखरेलले आइतबारको प्रदेशसभा बैठक स्थगित भएको बताए । उनले शनिबार भएको कार्यपरामर्श समितिमा आवश्यक सहमति जुट्न नसकेकाले आइतबारको बैठक स्थगित भएको बताए ।

शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए ।

प्रतिपक्षले प्रत्येक सांसदहरुले १० मिनेट प्रस्तावका बारेमा आफ्ना भनाइ राख्न दिनेगरी अगाडि नै बैठक डाकेर अविश्वासका प्रस्तावमा छलफल चलाउनुपर्ने माग गरेको थियो । तर, सरकार त्यसमा सहमत नभएपछि बैठक अवरुद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्