Logo
Logo

प्रदेश २ : जसपा संसदीय दलको नेतामा राउत चयन


दृष्टि संवाददाता


धनुषा । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपश्चात पहिलोपटक दलको नेता चयन गरेको हो ।

जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमतिपछि बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै प्रदेश २ मा जसपाको बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन गरिएको हो । संसदीय दलमा चयनसँगै आइतबार नै प्रदेशसभा सचिवालयमा पत्रसहित जानकारी गराइने जनाइएको छ ।

अध्यक्ष यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकबाट संसदीय दलको नेतामा राउतलाई चयन गरिएको हो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकबाट जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेतासमेत चयन गरिएको छ ।

बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर मन्त्रालयको संख्या समेत विस्तार गर्नेबारे पनि छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्