Logo
Logo

असारदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।

उनका अनुसार अहिलेकै अवस्था संक्रमण दर घट्दै गएमा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको उनको भनाइ छ । तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जेठ मसान्तसम्म निषेधाज्ञा जारी नै रहेकाले त्यसबारे छलफल नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्