Logo
Logo

तीन हजार फिल्मकर्मीलाई खोप दिन चलचित्र विकास बोर्डको माग


दृष्टि संवाददाता


काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ ।

कोभिड–१९ को कोरोना संक्रमणबाट केही फिल्मकर्मीको ज्यान गइसकेको र कलाकार तथा प्राविधिक कोरोनाको चपेटामा परिरहेको बेला बोर्डले खोपका लागि मन्त्रालयलाई पत्राचार गरेको हो ।

फिल्मकर्मीलाई खोपको माग राख्र्दै बोर्डको कोभिड–१९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कट्वालले उक्त मागसहितको पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएका छन् । पत्र बुझ्दै मन्त्रलालय सकरात्मक देखिएको र खोपबारे छलफल गर्न आज फिल्मकर्मीलाई मन्त्रालयमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्