Logo
Logo

एमाले सुदूपश्चिम दलका नेता शाहले ओलीलाई दिए स्पष्टीकरण


दृष्टि संवाददाता


धनगढी । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । उनले दोस्रोे पटक आइतबार पार्टीलाई स्पष्टीकरण दिएका हुन् ।

पहिलो पटक एमाले प्रदेश कमिटीलाई स्पष्टीकरण बुझाएका थिए । प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए ।

आइतबार बिहान शाहले स्पष्टीकरणको जवाफ पठाएका छन् । शाहले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई इमेलमार्फत स्पष्टीकरण पठाएका थिए । सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई उक्त स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भन्ने सोधिएको छ । त्यस्तै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्कासन नगर्ने भन्दै चित्तबुझ्दो जवाफ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्