Logo
Logo

राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढ्यो- नेपाली सेना


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सुरक्षा चुनौती थपिएको विश्लेषण गरेको छ । संसद विघटनपछिको राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने सेनाले विश्लेषण गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने बताएका हुन् । कार्यकालको ‘एक हजार दिन’ पूरा भएको अवसरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानसेनापति थापाले सुरक्षा चुनौलीलाई ध्यानमा राखेर सजग र सतर्क हुनुपर्ने बताएका छन् ।

प्रधानसेनापति थापाले परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्ने समेत बताए । भउनले भने– ‘सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । पछिल्ला समस्याहरु संवैधानिक प्रकृयाबाटै समाधान गर्नुपर्छ ।’

पछिल्लो राजनीतिक घटनाक्रमले ‘नेपाली सेनाको गलत प्रयोग हुनसक्ने’ प्रकृतिका अभिव्यक्तिहरु सार्वजनिक भइरहेको बेला प्रधानसेनापति थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्